भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक गायकवाडको निधन-Sutra News

भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक गायकवाडको निधन

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । भारतीय पूर्व क्रिकेटर तथा पूर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।



भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले गायकवाडको निधनमा दुःख व्यक्त गरे । बोर्डले उनको उपचारका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि उनलाई सहयोग गरेका थिए ।

उनले गत जुनमा लण्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार गराएका थिए । यसपछि उनी भारत फर्किएका थिए ।

गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए । उनी सन् २००० मा आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक थिए । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट