काठमाडौं । क्रिकेटको माथिल्लो निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ वरियता सार्वजनिक गरेको छ । जसअनुसार टी २० अलराउण्डर दीपेन्द्रसिंह ऐरी एक स्थान सुधार भएका छन् ।
आईसीसीको टी २० अलराउण्डर वरीयतातातर्फ ऐरी सातौँ स्थानमा पुगेका हुन् । यसअघि उनी आठौँ स्थामा रहँदै आएका थिए । ऐरीभन्दा अगाडि भारतीय टोलीका अलराउण्डर हार्दिक पाण्डेय रहेका छन् । उनी छटौँ स्थानमा छन् ।
टी २० अलराउण्डरको शीर्षक स्थान अष्ट्रेलियाका मक्र्यस स्टोनिस रहेका छन् । दोस्रो स्थानमा जिम्बावेका सिकन्दार राजा छन् भने तेस्रो स्थानमा बंगलादेशका सकिब अल हसन रहेका छन् । चौथो र पाँचौँ स्थानमा क्रमस श्रीलंका र अफगानिस्तानका वानिन्दु हसरङ्गा र मोहमद नाभी रहेका छन् ।
नेपाली टोलीबाट टी २० को अलराउण्डरतर्फ कुशल मल्ल एक स्थान खस्किँदै ३७ औँ, रोहित पौडेल ५५ औँ स्थान, गुलशन झा र कुशल भुर्तेल ७१ औ र ७२ औँ स्थानमा रहेका छन् ।
टी २० को बलिङ वरीयतातामा सोमपाल कामी एक स्थान सुधार गर्दै ९३ औँ स्थानमा हुँदा दीपेन्द्र सिंह ऐरी ९७ औँ स्थानमा रहेका छन् । नेपाली टोली टी २० आई वरीयताता १७ औँ स्थानमा छ । नेपालभन्दा अगाडि नामिबिया र पछाडि ओमान रहेका छन् ।