काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । काठमाडौंको हनुमानस्थानस्थित होटल बसेरामा केही बैठक शुरु भएको हो ।
बुधबार बिहान भएको वर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गरिएको छ ।
बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।
नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेशसभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्वसमेत परिवर्तन गर्ने समेत बताइएको छ ।