२८ सयको बिन्दुलाई छोएर फर्कियो नेप्से, अब कता जाला ?-Sutra News

२८ सयको बिन्दुलाई छोएर फर्कियो नेप्से, अब कता जाला ?

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्सन आएको छ । तिव्र उतारचढावपछि नेप्सेमा ५.२९ अंकको गिरावट आएको हो ।



यस दिन नेप्से २८ सय बिन्दुमाथि उक्लिएको थियो । यद्यपि, इन्डेक्स २८ सयको बिन्दुमा कायम रहिरहन सकेन ।

५८ अंकको उतारचढावपछि अन्तिममा नेप्से २७५५.६२ को बिन्दुमा झरेर अडियो ।

यस दिन लाइफ इन्स्योरेन्स इन्डेक्स ३.६९ प्रतिशतले बृद्धि भयो इन्भेष्टमेन्ट २.७४ प्रतिशतले बढ्यो । यस्तै, फाइनान्स १.७७ अंकले बढ्दा नन लाइफ इन्स्योरेन्स १.७४ र म्यूचुअल फण्ड १.१३ प्रतिशतले बढ्यो । यस्तै होटल एण्ड टुरिजम ०.३५ प्रतिशतले बढ्दा अन्य इन्डेक्सहरुमा सामान्य करेक्सन आयो ।

यस दिन कारोबारमा आएका २४१ कम्पनीमध्ये ७४ को मूल्य बढ्यो भने १६४ को मूल्य घट्यो । सामान्य करेक्सन भएपनि यस दिन आधा दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

एचआइडिसिएल, नेपाल हाइड्रो, सुभम पावर, सिटि होटल, कुथेली भुकारी, प्रोगेसिभ फाइनान्स र नेपाल फाइनान्सको मूल्य १० प्रतिशत हाराहारीले बढेको हो ।

५ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेमा कारोबार रकम २१ अर्ब ७१ करोड रुपैयाँको भयो ।

यस दिन ५९ करोड ७५ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा देखियो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सीइडीबी हाइड्रोपावर परे ।

यस दिन विशेषगरी केही कम्पनीका लगानीकर्ता नाफा बुक गर्न तम्सिँदा सामान्य करेक्सन भएको देखिन्छ । यद्यपि, बजारमा नयाँ लगानीकर्ताको पनि चाप बढिरहँदा उत्साह पनि कायमै देखिन्छ । आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्नु र कारोबार रकम २१ अर्बमाथि हुनुले उत्साह कायमै रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट