लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन- गृहमन्त्री लेखक-Sutra News

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन- गृहमन्त्री लेखक

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा भएको बताएका छन् ।



बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवद्र्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उनेल भने, ‘कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानून बमोजिम छुट्छ, भन्ने मेरो आधारभूत मान्यता हो ।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिवद्धदा व्यक्त गर्दछु,’ उनले भने, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट