भारतमा वर्षापछि आएको बाढीमा परी ५० जना बेपत्ता-Sutra News

भारतमा वर्षापछि आएको बाढीमा परी ५० जना बेपत्ता

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढीमा परी कम्तीमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बढी क्षति भएको बताइएको छ ।



बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको सञ्चार माध्यममा जनाइएको छ ।

मध्यरातमा वर्षासहित आएको बाढीले ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको संख्यासमेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न कठिन भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट