एमालेको उपाध्यक्ष बने गुरु बराल, केन्द्रीय सदस्यमा थपिए १७ जना-Sutra News

एमालेको उपाध्यक्ष बने गुरु बराल, केन्द्रीय सदस्यमा थपिए १७ जना

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ । काठमाडौंमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले बताए ।



त्यस्तै, बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ । एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ । बैठकले मुख्य सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको छ ।

जसमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट