विश्वकै कान्छी भागवत वाचिका अनुराधाले पशुपति कोटिहोममा कथा वाचन गर्ने-Sutra News

विश्वकै कान्छी भागवत वाचिका अनुराधाले पशुपति कोटिहोममा कथा वाचन गर्ने

शुक्रबार, १८ साउन २०८१

शुक्रबार, १८ साउन २०८१

काठमाडाैं । विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिकाको रुपमा आफ्नो परिचय स्थापित गरेकी अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा आएकी छन् ।



अनुराधाले अब दैनिक २ घण्टा कथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

विधुषी अनुराधा पाण्डेले पशुपति कोटिहोम महायज्ञमा शनिबारदेखि सायनकालीक समयको ५ बजेदेखि ७ बजेसम्म कथा प्रवचन गर्ने समय तय भएको छ ।

नेपालको गुल्मि जिल्लामा जन्मिएर हाल वृन्दावनमा भागवत कथा अध्यनरत रहेकी विधुषी अनुराधाले बिहीबार पनि आशिवर्चन राखेकी छिन् । सुमधुर स्वरमा आफ्नो प्रवचन राख्दा भक्तजनहरु आनन्दमय मुद्रामा श्रवण गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट