काठमाडाैं । पशुपति कोटिहोम महायज्ञमा भारतका सुप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य आउने भएका छन् । श्रीमद् भागवत कथा प्रवचनको माध्यमबाट चिरपरिति कथा वाचक शनिवार मानव सेवा फाउण्डेसनले आयोजना गरेको एक महिने पशुपति कोटिहोम महायज्ञमा सहभागि हुने भएका हुन् ।
वाचक अनिरुद्धाचार्यले पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा कथावाचन पनि राख्ने छन् । उनी सवपरिवार नेपाल आउने र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्णले जानकारी दिए ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचकअन्तर्गत पर्दछन् । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता रहने गर्दछ ।
हिन्दु धर्मको रक्षाको लागि सधैँ खुलेर बोल्ने उनकाे अनिरुद्धाचार्यले भारतसहित विभिन्न देशमा कथावाचन गर्दै आएका छन् ।