काठमाडाैंमा किन जम्मा भए राप्रपाका जिल्ला अध्यक्षहरू ?-Sutra News

काठमाडाैंमा किन जम्मा भए राप्रपाका जिल्ला अध्यक्षहरू ?

शुक्रबार, १८ साउन २०८१

शुक्रबार, १८ साउन २०८१

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको काठमाडाैंमा भेला भएका छन् । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा जिल्ला अध्यक्षहरुको भेलालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन्।



राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएअनुसार भेलामा जिल्लाकाे राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा हुनेछ । सबै जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गर्ने र साेमाथि छलफल हुने उनले बताए ।

‘७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवम् राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ, उहाँहरूकाे प्रतिवेदनमाथि छलफल जारी छ’, उनले भने ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, २०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्ने उनले जनाए । पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट