कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा-Sutra News

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

शुक्रबार, १८ साउन २०८१

शुक्रबार, १८ साउन २०८१

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।



परीक्षा बाेर्डले जनाएअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी ननग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।

यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

बाेर्डले जनाएअनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटमार्फत हेर्न सकिन्छ ।

साथै, NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने जनाइएकाे छ । बाेर्डले जनाएअनुसार १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट