काठमाडौं । मोडलिङमा एक दशक बिताएर नायिका बेनेकी नीति शाहलाई फिल्म ‘प्रेमगीत ३’ नगरेको पश्चतापमा छिन् । फिल्म क्षेत्रमा प्रवेश गर्नु अघि कुनै समय आफू फिल्म क्षेत्रका लागि तयार नभएको भन्दै काम गरिनन् । जुनबेला उनलाई ठूला ब्यानरबाट फिल्मका अफर आउने गरेको थियो ।
निति तिनै हुन् जसले हिट फिल्म ‘ड्रिम्स’ सुईकार गरेकी थिइनन् भने २०७९ सालमा आएको फिल्म ‘प्रेमगीत ३’ समेत अस्वीकार गरेकी थिइन् । जुन ‘प्रेमगीत ३’को प्रस्ताव आएर नगरेकोमा हाल उनलाई पश्चात्ताप भइरहेको बताएकी छन् ।
बिहिबार बेलुकी सामाखुसीको स्क्वायर मलमा सञ्चालनमा आएको क्यूएफएक्स चेनको नयाँ हल उद्घाटन समारोहमा पुगेका नायक प्रदीप खड्का एकसाथ मिडियामा गफिने क्रममा नीतिले एकसाथ सहकार्य गर्न नपाउँदाको कुरालाई चासोका साथ अगाडि राखेकी थिइन् ।
नीतिले फिल्म ‘प्रेमगीत ३’मा काम गर्न नपाएकोमा पश्चाताप लागिरहेको बताउँदै अब ‘प्रेमगीत ४’ बन्ने भएर अफर आए आफू काम गर्न तयार रहेको बताइन् । ‘त्यो मेरो गल्ती हो, ‘प्रेमगीत ३’ नगर्नु । म आफ्नो गल्ती स्विकार्छु, ‘प्रेमगीत ४’ चाहिँ गर्नैपर्छ भन्ने भइरहेको छ’, उनले भनिन्, ‘प्रेमगीत ४’बाट अफर आएको खण्डमा काम गर्न तयार छु।’
‘प्रेमगीत ३’को अवसर टुक्राएकी नीतिले फिल्म ‘कामिनो’मा प्रदीपसँग काम गर्ने पक्का भएको थियो । तर, वर्कशप भन्दा अगाडि यो फिल्मको काम बढ्न सकेन । यी दुईले अर्को फिल्म ‘एक्स ९’मा पनि काम गर्ने पक्का भएको थियो । यो फिल्म पनि बन्न सकेन ।
प्रदिप र अनमोल सँग डेव्यु गर्न नचाहेकी नितीले खजुरे ब्रो मार्फत रेयर राई सँग डेव्यु गर्न पुगिन् । यो वर्षको वैशाख २८ गते रिलिज भएको उक्त फिल्म बक्स अफिसमा चलेन । यसरी डेब्युमै सकस भइरहेको अवस्थासँगै उनको फिल्मको भविष्य अन्योल झैँ रहेको थियो । यता ‘खजुरे ब्रो’बाट डेब्यु मिले पनि यो फिल्म नचलेपछि नीतिको करिअर अब के होला भन्ने प्रश्नहरू उठेका थिए । तर, यो फिल्म असफलताले उनलाई केही फरक परेको छैन ।
पछिल्लो पटक नीति धमाधम फिल्म साइन गरिरहेकी छिन् । उनको हातमा फिल्मको लाइनअप लामो बनेको छ । एकपछि अर्को फिल्ममा उत्कृष्ट काम गर्दै अगाडि जाने योजना बनाएकी उनले फिल्म ‘ज्वाइँसाब’ छायांकन सक्काएर बसेकी छन् भने ‘रुखान’ रअर्को नयाँ नयाँ फिल्म ‘मोहर’ साइन गरेर बसेकी छन्। यसै गरी नीतिले निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट समेत साइन गरेकी छिन् । यता उनले अर्को एक नाम चलेको ब्यानरको फिल्म साइन गरेको बुझिएको छ । यसरी हेर्दा उनको लाइनअप निकै बलियो छ । तर, जे होस् नीतिलाई भने ‘प्रेमगीत ३’ नगरेकोमा पश्चताव अझै रहिरहेको छ ।
हिजो बिहीबारबाट सञ्चालनमा आएको क्यूएफएक्स चेनको नयाँ हल ओपनिङ गर्न अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत लगायतका कलाकार उपस्थित रहे । यी कलाकारसँगै प्रदिप खड्का र नीति शाह पनि उद्घाटनमा सरिक भएका थिए ।