काठमाडौं । करिब तीन वर्ष अघि फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भएको बेला नायक पल शाह एउटा घटनाका कारण जेल चलान भएका थिए । त्यस समयमा फिल्म प्रदर्शन हुँदै गर्दा र पल जेलमा रहँदा ‘म यस्तो गीत गाउँछु २’ हेर्ने दर्शक माझ नायिका पूजा शर्माले हल-हलमा पुगेर रुवावासी गरेकी थिइन् ।
फिल्म पनि चल्यो, तर त्यसबेला पलको पक्षमा निकै बयानबाजीहरू गर्दै रोएर फण्डाबाजीको साहारामा फिल्म चलाएको पूजा शर्मालाई आरोप लाग्यो । त्यसपछि धेरैले उनलाई रोएर फिल्म चलाउने नायीकाको ट्याग दिए ।
तर, अब भने पूजाले आफू रोएर फिल्म नचलाउने दाबी गरेकी छन् । शुक्रवार उनले निर्माण गरेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक कार्यक्रममा अब रोएर फिल्म नचलाउने बताइन्। ‘अब रोएर फिल्म चलाइन्न, पल शाह छ मसँग सुदर्शनसँगै हाम्रो टिम फेरी आई सकेको छ र टिम झन् बढिसकेको छ’, उनले भनिन् ।
उसो त पूजा नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै विवादमा तानिने नायिकामा पर्छिन् । आफ्नै बोलीका कारण विवादमा तानिने उनी कहिले फिल्म चलाउने स्टण्ट गर्छिन् त कहिले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहन्छिन् । तर, उनले रोएर फिल्म नचलाउने भनेसँगै अब फिल्म चलाउन कुनै स्टन नगर्ने सङ्केत देखाएकै हुन् त भन्नेमा फिल्म रिलिज हुने समयलाई पखेर्नु पर्ने भएको छ । किनकी पहिला आफूले रोएर फिल्म चलाएको स्वीकारोक्ति गरेकी छन् ।