अन्ततः एमालेबाट पदमुक्त भए मणि थापा-Sutra News

अन्ततः एमालेबाट पदमुक्त भए मणि थापा

शुक्रबार, १८ साउन २०८१

शुक्रबार, १८ साउन २०८१

काठमाडाैं । एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पूर्वमाओवादी पृष्ठभूमिका थापा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो ।



बिहीबार बसेरा होटल, काठमाडाैंमामा बसेको एमाले सचिवालयको ३४औं बैठकले थापालाई पदमुक्त गर्दै रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेकाे थियाे ।

‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ, पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त हुनुभएको हो’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए। ‘मिसन ग्रासरूट’ मा उनको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यतिबेला पनि थापा कार्यक्षेत्रमा गएका थिएनन्।

२०८० को साउनमा बसेको सचिवालय बैठकले पनि पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो। यद्दपि उनले साेधपुछलाई वेवास्ता गरेका थिए ।

थापा पछिल्लाे समय नेक्रवित्रम चन्द विप्लव नेतृत्वकाे नेकपासँग निकट छन् । बताइएअनुसार उनी उक्त पार्टी प्रवेशकाे तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट