काठमाडाैं । अल्टिमा लाइफ स्टाइलले एटम सिरिजको एटम ७२० को उत्साहजनक सफलता र रेकर्ड स्तरको बिक्रिपछि आगामी अगस्ट ६ देखि नेपाली बजारमा नयाँ गेमिङ एयरबड्स अल्टिमा ब्लेज सार्वजनिक गर्दैछ । विशेष छुटसहित उपलब्ध हुने यो गेमिङ एयरबड्स अल्टिमाको आफ्नो आधिकारिक वेबसाईट सहित दराज,खल्ती, इसेवा, जेभी, हुकुट, ब्रदरमार्ट, निओसहित रिटेल स्टाेरबाट किन्न सकिने कम्पनीले जनाएकाे छ ।
प्रीमियम क्वालिटीसहितकाे याे एयर बडमा डुयल टाेन इन एयर डिजाइन रहेका कारण यो एयरबड्सलाई लामो समयसम्म आरामदायक तवरबाट प्रयोग गर्न सकिनुका साथै अतिरिक्त सिलिकन इएर टिप्स रहनाले तपाईंले प्रयोग गर्दा छुट्टै आनन्दको महसुस गराउने कम्पनीले जनाएकाे छ ।
५.३ ब्लुटुथ संस्करणलाई सपोर्ट गर्ने यो गेमिङ एयरबड्समा स्वीफ्ट पेयर टेक्नाेलाेजी प्रयोग भएको हुनाले १५ मिटरसम्मको दायरामा सपोर्ट गर्नुका साथै एयनड्राेइड, आइफाेन र विण्डाेजसँग मज्जाले कनेक्ट गर्न सकिने जनाइएकाे छ ।
६० प्रतिशत भाेलुममा प्रयोग गर्दा ४२ घन्टासम्म प्ले टाइम रहेको यो गेमिङ एयरबड्स एकपटक फुल चार्ज गरेपछि सोही रेन्जको भोल्युममा ६ घन्टासम्म बड्स प्ले टाइम रहेको कम्पनीले जनाएको छ भने एकपटको चार्जमा बड्सले ४ घन्टासम्मको टक टाइम रहेकाे जनाइएकाे छ ।
३५ मिनेटमा बड्स र २ घन्टामा केश चार्ज हुने यो एयर बड्समा १० वाटको चार्जर प्रयोग सिफारिस गरिएको छ भने फाइभ सि बाेस्टमा भने १० मिनेट चार्ज गर्दा १५० मिनेट प्ले टाइमसम्म प्रयोग गर्न सकिने जनाइएकाे छ ।
नोइज क्यान्सेलेसनसहित एसीसी र एसबिसी अडियाे सपाेर्ट गर्ने यो अल्टिमाको अल्टिमा ब्लेजले १३ एमएम डाइनामिक ड्राइभका कारण स्पष्ट अडियाे सन्देश प्रवाहित गर्ने कम्पनीले जनाएकाे छ । प्रत्येक बड्समा २ वटा माइक्राेफाेन रहेकाे याे एयरबड्सले गुगल र सिरि भ्वाइस एसिस्टेन्टलाई सपाेर्ट गर्ने कम्पनीले जनाएकाे छ ।
इपिएक्स ४ वाटर रेस्टिटेन्ट भएकाे याे एयर वड्सले गेमिङकाे मज्जा दिने कम्पनीले जनाएकाे छ । कम्पनीले याे एयर बड्समा पनि ६ महिनाकाे वारेन्टी दिएकाे छ ।