प्रदर्शनको दोस्रो दिनमै ‘मोदीबेनी’को ५० प्रतिशत शो कटौती-Sutra News

प्रदर्शनको दोस्रो दिनमै ‘मोदीबेनी’को ५० प्रतिशत शो कटौती

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । फिल्म ‘मोदीबेनी’ले हिजो शुक्रबारबाट प्रदर्शनमा आयो । यो फिल्मको निर्माणपक्षले पहिलो दिन देशभर एक सय भन्दा धेरै शो हरूमा प्रदर्शन भएको जानकारी दिएको थियो ।



तर, फिल्म प्रदर्शन भएको दोस्रो दिनमै न्यून शोमा खुम्चिएको छ । नेपालका अधिकांश मल्टिप्लेक्स हलहरुले यो फिल्मलाई आजको दिन एक-एक शोज दिएका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरिका आफ्नो हलमा आजका लागि जम्मा १२ शो दिएको छ। त्यसैगरि, एफ क्युब सिनेमाजले एक, बिग मुभिजले दुई , वान सिनेमाजले तीन, आइएनआई सिनेमाजले आफ्नो आउटलेटमा ६ शो मात्रै उपलब्ध गराएका छन्।

यस फिल्मलाई अधिकांश हलहरुले कम शो दिनुको कारण हिजो शुक्रबारका केही शोमा दर्शक नभएर धेरै शो रद्द भएका थिए । त्यही कारण आजका शोमा कटौती गरिएको बताइएको छ ।

पर्वत जिल्लाको मोदीवेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर निर्माण भएको भनिएको यो फिल्म हलमा टिकिरहन ‘वर्ड अफ माउथ’ सशक्त जरुरी देखिएको छ । आज विदाको दिन पर्दा समेत फिल्मले भने जस्तो शो नपाउदाँ अब सहजै वर्ड अफ माउथ पाउने सम्भावना देखिएको छैन । जसकारण यो फिल्मले ओपनिङ खासै सुखद् नहुने देखिन्छ।

यता देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा आइतबारका लागि यस फिल्मको थप शो कटौती गरेको छ । देशभरिको शो संख्या हेर्दा सीमित मात्रै शोहरू देखिएका छन् ।

शङ्कर कोइरालाले निर्देशन गरेको फिल्मको शीर्ष भूमिकामा वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा र सरोज खनालले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट