रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको हो ।
शुक्रबार राति सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो ।
घरमा हजुरआमा र नातिनी रहेका थिए । पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।