काठमाडौं । वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुमो सडकको नाला साइडमा पल्टिएको हो । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।