काठमाडौं । थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएकोबारे जानकारी दिएका हुन् ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको बताउँदै थप वायुसेवा कम्पनीसँग समेत उडानका लागि छलफल भई रहेको उनको भनाइ थियो ।