सिद्धान्त र नव्याको ब्रेकअप-Sutra News

सिद्धान्त र नव्याको ब्रेकअप

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१
बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सीमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।
भारतीय मिडियाहरूले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।  यी दुई अहिले अलग भइसकेको र सहज रूपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफूहरूको सम्बन्धको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेका थिएनन् ।
सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती फिल्म क्षेत्रसँग आबद्ध भए पनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।
सिद्धान्त चतुर्वेदी हाल बलिउडका उदयमान अभिनेता हुने भने नव्या बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन् ।
बलिउडका दर्शक माझ नव्याले आफ्नो पोडकास्ट ‘ह्वाट द हेल नव्या’ बाट दर्शकमाझ विशेष पहिचान बनाएकी छन् ।
सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट