काठमाडौं उपत्यकामा फैलियो हैजा, सचेत हुन आग्रह-Sutra News

काठमाडौं उपत्यकामा फैलियो हैजा, सचेत हुन आग्रह

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१
फाइल फोटो फाइल तस्बिर

काठमाडौं । देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकभर २५ जना संक्रमित भएको हो ।



अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरमा एक जनामा हैजा र्संक्रमण पुष्टि भएको हो ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रमिक झाडा पखालासम्बन्धी रोग हो । हैजा पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट