सङ्खुवासभामा विद्युत प्राधिकरणका दुई कर्मचारी कुटिए-Sutra News

सङ्खुवासभामा विद्युत प्राधिकरणका दुई कर्मचारी कुटिए

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।



विद्युत महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका ४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । “उहाँहरूविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ, उजुरीलगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ”, उनले भने ।

विद्युत महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए ।

कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । उक्त कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् ।

शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट