तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई सदनबाट पारित गर्न प्रयासमा छु- सभामुख-Sutra News

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई सदनबाट पारित गर्न प्रयासमा छु- सभामुख

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई सदनको चालू अधिवेशनबाटै पारित गर्न आफू प्रयासरत रहेको बताएका छन् ।



काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सभामुख घिमिरेले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारले ल्याएको विधेयक अहिले संसदीय समितिमा विचाराधीन रहेको भन्दै यसलाई सदनको चालू अधिवेशनबाटै पारित गर्न प्रयासरत रहेको बताएका हुन् ।

उनले उक्त विधेयक पारित भएपछि नेपालमा आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धानका लािग कोशेढुङ्गा सावित हुने धारणा राखे । समितिबाट विधेयक पारित भए त्यसमा देखिएका कानूनी जटिलता हटाउन थप सहज हुने उनको भनाइ थियो ।

सभामुख घिमिरेले देशमा रहेका विज्ञता, प्रतिभाहरूको कारण विश्वमा नेपालको चर्चा हुने गरेको भन्दै उनीहरुको उचित सम्मानमा राज्य गम्भीर हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट