काठमाडौं । पर्सामा ५० किलोग्राम लागू औषध गाँजासहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका २ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौँ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागू औषधसहित पक्राउ परेकी गुरौँले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने गाँजासहित पक्राउ गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।