आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि-Sutra News

आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

शनिबार, १९ साउन २०८१

शनिबार, १९ साउन २०८१

काठमाडौं । आश्मा कुमारी केसीले मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् ।



शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा कार्यक्रममा आश्माले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जित्न सफल भएकी हुन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जित्न भइन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् ।

त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।

हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट