रेकर्ड बनाउने गरी बृद्धिपछि घट्याे सुनकाे मूल्य-Sutra News

रेकर्ड बनाउने गरी बृद्धिपछि घट्याे सुनकाे मूल्य

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै गएको शुक्रबार मात्रै नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आइतबार सामन्य गिरावट देखिएको छ ।



शुक्रबार प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्यसँगै आइतबार चाँदीको मूल्य पनि घटेकाे छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट