बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नंं १’ निर्माण घोषणा-Sutra News

बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नंं १’ निर्माण घोषणा

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नंं १’ निर्माण हुने भएको छ ।



सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

कलाकारका बारेमा निर्माणपक्षले कुनै जानकरी खुलाएको छैन । फिल्मको छायांकन तीहारपछि गर्ने तयारी रहेको छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट