भारतको पक्षमा बोलेका स्वर्णिमलाई बाबुरामले भने- विवादित अभिव्यक्ति सच्याउनु राम्रो-Sutra News

भारतको पक्षमा बोलेका स्वर्णिमलाई बाबुरामले भने- विवादित अभिव्यक्ति सच्याउनु राम्रो

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई  ‘मनरो डक्ट्रिन’बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।



डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने बताए । यसका साथै उनले स्वर्णिमलाई आफ्नो भूल सच्याउन सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश-क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन, नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो, स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला ।’

एउटा भाषणमा डा. वाग्लेले भारत शक्तिशाली बन्दै गएकाले नेपालले भारतको अनुकूल भएर काम गर्नु पर्ने अभिव्यक्ति दिएका थिए । उनको यस अभिव्यक्तिमा सांसदहरूले प्रतिनिधिसभा बैठकमा समेत चर्चा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट