काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारीसहित कलाकारसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो, यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुनेछ ।’
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि त्रिवि मैदान ३०० दिनमा निर्माण गर्ने निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमा व्यस्त छन् ।