कर्णालीमा कांग्रेसका चार सांसद बने मन्त्री, कुन पार्टीको भागमा कति ?-Sutra News

कर्णालीमा कांग्रेसका चार सांसद बने मन्त्री, कुन पार्टीको भागमा कति ?

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । कर्णालीका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । जसमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गर्ने छन् । कूल आठ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार कांग्रेसले पाएको छ ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट