वरदान फर्टिलिटी सेन्टर र विशाल मिलन केन्द्रको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर-Sutra News

वरदान फर्टिलिटी सेन्टर र विशाल मिलन केन्द्रको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडाैं । वरदान फर्टिलिटी सेन्टर र विशाल मिलन केन्द्रको आयोजनामा शनिवार काठमाडौँको चन्डोलमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा करिब २ सय जनाले सेवा लिएकाे आयोजकले जनाएकाे छ ।



महिलाहरूमा हुने पाठेघरको क्यान्सर तथा महिलाहरूमा हुने बाँझोपनबारे जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य शिविरमा नि:शुल्क विशेष परामर्शका साथै, नि:शुल्क थाइराइड परीक्षण, नि:शुल्क पाठेघरको मुखको पानीको जाँच सहित अन्य जनरल स्वास्थ्य जाँच लगायतका सेवा उपलब्ध गराएकाे आयोजकले जनाएकाे छ ।

आयोजकले जनाएअनुसार निःसन्तान महिलाहरूका लागि विशेष परामर्शको मुख्य उद्देश्यसहित स्वास्थ्य शिविरमा स्त्री तथा प्रजनन विषेशज्ञ डा. सविना सिम्खडा र स्त्री रोग विशेषज्ञ डा. विद्या महतोले नेतृत्वको टिमले बिरामीको परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराएको थियो ।

सन्तान नभएका दम्पतीहरूको मुहारमा मुस्कान छर्न सफल वरदान फर्टिलिटी सेन्टर निसन्तान दम्पतीको मुहारको मुस्कान फर्काउनका लागि भने वरदान नै साबित भएको छ ।

आईभीएफ पद्धतिमार्फत निःसन्तान दम्पतीको खुसीको मुहारमा मुस्कान छर्ने वरदानको अभियानअन्तर्गत नै स्वास्थ्य शिविर सञ्चालन गरिएको वरदान फर्टीलिटी सेन्टरकी प्रशासकीय प्रमुख तथा एचआर हेड स्रीती हुमागाईँको भनाइ छ ।

कम्पनीका थप सेवाबारे जानकारी लिन वरदानकाे पुरानाे बानेश्वरस्थित हस्पिटल (०१–५९७०३६०/०१–९८०२३६८२५३) मा सम्पर्क गर्न सकिने जनाइएको छ । साथै, www.vardhan.com.np बाट पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट