‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओलीलाई प्राथमिकता-Sutra News

‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओलीलाई प्राथमिकता

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’को फस्टलुक्स पोस्टर सार्वजनिक भएको छ ।



अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यस फिल्मको सोमबार सार्वजनिक गरिएको पोस्टरमा प्रधामन्त्री ओलीले प्रधानता पाएका छन् । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित रहेर निर्माण भएको ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल, राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

भदौ ७ गतेबाट प्रदर्शनमा आउने फिल्मको पोस्टरमा प्रधानमन्त्री ओलीसँगै प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई देख्न सकिनेछ ।

यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।

फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट