काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । सत्ता गठबन्धन परिवर्तनपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै कँडेलले विश्वासको मत लिन लागेका हुन् ।
चैत २७ गते तत्कालिन एमाले-माओवादी गठबन्धनबाट कँडेल मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा सत्ता गठबन्धन परिवर्तनसँगै साउन ७ गते सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।
४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक र स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मात्रै मिल्दा पनि बहुमत जुट्छ ।