किन बलिउडबाट अवकास लिँदै छन् आमिर खान ?-Sutra News

किन बलिउडबाट अवकास लिँदै छन् आमिर खान ?

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । बलिउड अभिनेता आमिर खानका हालका दिनमा अभिनय र मूलधारको कामबाट टाढिएर शान्तिपूर्वक जीवन बिताइरहेका छन् । यही बीचमा उनका छोरा जुनैद खानले बलिउडमा ‘डेब्यू’ गरिसकेका छन् । उनले जयदीप अहलावतका साथ फिल्म ‘महाराज’बाट बलिउडमा ‘डेब्यू’ गरेका हुन् ।



आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म ‘प्रीतम प्यारे’ निर्माण गर्दैछन्।

हालैमात्र जुनैदले आफ्नो फिल्म प्रमोसनको दौरान पिता आमिरले बलिउडबाट सन्यास लिने योजना बनाएको खुलासा गरेका छन् । उनले पिता आमिर अवकाशको चरणमा रहेको र उनको आमिर खान प्रोडक्सनको जिम्मेवारी आफूलाई दिएको खुलाएका हुन् ।

‘मैले कैयौं फिल्ममा क्यामराको पछाडि रहेर काम गरेको छु । मैले ‘पीके’को सेटमा क्यामराको पछाडि रहेर काम गरें । यसका अलावा विज्ञापनको सुटिङमा पनि त्यसरी नै काम गरेको छु’, उनले भनेका छन्, ‘महाराजको सुटिङ पुरा गरेपछि म आमिर खान प्रोडक्सनमा एक फिल्मको काम गरिरहेको थिएँ । आमा किरण राव फिल्म ‘लापता लेडिज’ बनाइरहनुभएको थियो । त्यही बेला पिता आमिरले ‘म अवकास लिँदैछु । तिमी किन यो प्रोडक्सन हाउस सम्हाल्दैनौं ? । बुवाले यति भनेपछि मैले प्रोडक्सनको कमाण्ड सम्हालें ।’

पछिल्लो समय आमिर ‘लालसिंह चढ्ढा’ मा देखिएका थिए। तर यो फिल्मले बक्स अफिसमा फ्लप सावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट