काठमाडाैं । स्थानीय बजार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आइतबारकाे तुलनामा प्रतिताेला ३ सय रुपैयाँले बढ्दै सुनकाे मूल्य प्रतिताेला १ लाख ५० हजार रूपैयाँ पुगेकाे हाे । जुन हालसम्मकै उच्च मूल्य हाे ।
अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको थियाे । यद्दपि, आइतबार भने प्रतितोला २ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १७ सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसअघि आइतबार पनि चाँदी सोही भाउमा किनबेच भएको थियो ।