काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरुले करिब ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा नाफा १३.४० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए।
सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ । प्रभु बैंकको नाफामा उछाल (१४९९.०३ प्रतिशत) आउँदा दरका आधारमा सबैभन्दा बढी एनआइसी एसियाको (–६८.९१ प्रतिशत) घटेको छ ।
प्रभुसँगै कुमारी बैंक, प्राइम कमर्सीयल बैंक र कृषि बैंकले नाफामा सत प्रतिशतभन्दा बढी बृद्धि गराएका छन् । कुमारीको ३४५.६६ प्रतिशतले नाफा बृद्धि हुँदा प्राइमको २६७.१८ र कृषिको १७६.२३ प्रतिशतले बढेको छ ।
यद्यपि, सबैभन्दा बढी नाफा आर्जन गर्नेमा भने नबिल बैंक रहेको छ । गत आर्थिक वर्षमा १०.२२ प्रतिशतले नाफा बढाउँदै नबिलले कुल ७ अर्ब ६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा नबिलले ६ अर्ब ४० करोड नाफा कमाएको थियो ।
नबिलपछि सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा आर्जन गरेको छ । ग्लोबल आइएमईले कुल ६ अर्ब १ करोड नाफा कमाएको छ ।
यद्यपि, यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १०.२३ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो ।
कुनले कति कमाए नाफा ?
नबिल बैंक : ७ अर्ब ६ करोड (१०.२३ प्रतिशतले बृद्धि)
ग्लोबल आइएमई बैंक : ६ अर्ब १ करोड (१०.२३ प्रतिशतले घट्याे)
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : अर्ब १९ करोड (३९ प्रतिशतले बृद्धि)
प्रभु बैंक : ४ अर्ब ४० करोड (१४९९ प्रतिशतले बृद्धि)
प्राइम कर्सियल बैंक : ३ अर्ब ४५ करोड (२६७ प्रतिशतले बृद्धि)
कुमारी बैंक : २ अर्ब ३० करोड (३४६ प्रतिशतले बृद्धि)
कृषि विकास बैंक : ३ अर्ब ६५ करोड (१७६ प्रतिशतले बृद्धि)
लक्ष्मी सनराइज बैंक : ३ अर्ब ३ करोड (४० प्रतिशतले बृद्धि)
हिमालयन बैंक : २ अर्ब ८३ करोड (८१ प्रतिशतले बृद्धि)
एभरेष्ट बैंक : ३ अर्ब ७० करोड (१० प्रतिशतले बृद्धि)
नेपाल एसबिआई बैंक : २ अर्ब १ करोड (२.३५ प्रतिशतले बृद्धि)
स्टाण्डर्ड चार्टर्ड बैंक : ३ अर्ब ४६ करोड (४.५१ प्रतिशतले घट्याे)
एनआईसी एसिया बैंक : ४ अर्ब ४४ करोड (६८ प्रतिशतले घट्याे)
नेपाल बैंक लिमिटेड : ३ अर्ब ४३ करोड (५२ प्रतिशतले घट्याे)
एनएमबि बैंक : २ अर्ब ३३ करोड २७.४९ प्रतिशतले घट्याे)
सिटिजन्स बैंक : १ अर्ब ३४ करोड (२७.९७ प्रतिशतले घट्याे)
सानिमा बैंक : २ अर्ब ३८ करोड (८.५९ प्रतिशतले घट्याे)
राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब ३९ करोड (५.४८ प्रतिशतले घट्याे)
सिद्धार्थ बैंक : ३ अर्ब १ करोड (४.५१ प्रतिशतले घट्याे)
माछापुच्छ्रे बैंक : १ अर्ब २५ करोड (२३ प्रतिशतले घट्याे)