काठमाडौं । साताको पहिलो कारोबार दिन साेमबार सेयर बजार परिसूचक (नेप्से)मा ४०.७६ अंकले बृद्धि भएको छ । ४०.७६ अंकले बढ्दै नेप्से २ हजार ७९६.३८ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.४७ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २४२ कम्पनीमध्ये १६३ कम्पनीको मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । झण्डै दर्जन जति कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
४ करोड ९६ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा यस दिन कारोबार रकम २१ अर्ब ८१ करोड २२ लाख रुपैयाँ बराबरको भयो । जुन यसअघिको कारोबार दिनको तुलनामा बढी हो ।
समग्रमा १.४७ प्रतिशतले बेढेको नेप्सेमा यसदिन होटल तथा पर्यटन ६.६९, अन्य ५.७३ र व्यापार समूह ५.७० प्रतिशतले बढ्यो । यस्तै यसदिन, जलविद्युत ३.०९, इन्भेष्टमेन्ट ३.५२, जीवन बीमा ३.२३ र निर्जीवन बीमा १.२५ प्रतिशतले बढ्यो ।
यद्यपि, यस दिन बैंक तथा वित्तीय समूहमा भने निराशाजनक गिरावट आयो । फाइनान्स ४.६१ घट्दा वाणिज्य बैंक ०.५०, विकास ०.१५, लघुवित्त ०.७५ प्रतिशतले घट्यो ।
विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको नाफा विवरण सार्वजनिक हुँदा लगानीकर्ता केही निराश रहेको देखियो । वित्तीय विवरणमा राम्रो नदेखिएका कम्पनीको मूल्यमा गिरावट आएको देखिन्छ ।