आन्दोलनकारीको कब्जामा ढाका, शेख हसीनाले छाडिन् देश-Sutra News

आन्दोलनकारीको कब्जामा ढाका, शेख हसीनाले छाडिन् देश

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । बंगालादेशमा विकास भएको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । आन्दोलन तिव्र बन्दै गर्दा प्रधानमन्त्री शेख हसीनाले राजधानी ढाका छाडेकी छिन् ।



ढाका ट्रिब्यूनको रिपोर्टअनुसार हसीना भारत प्रवेश गरेकी छिन् । उनले आफूसँग परिवारका सदस्यलाई पनि सँगै लगेकी छिन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार आन्दोलनकारीले प्रधानमन्त्री कार्यालय कब्जा गरेका छन् ।

आन्दोलन तिव्र बन्दै जाँदा सडकमा तैनाथ प्रहरी हटेका छन् । अहिले देशभर सेना तैथान गरिएको छ ।

सेनाले देशभर कफ्र्यू लागु गरेको छ । यद्यपि, विपक्षी दल बिएनपीका नेता कार्यकर्ता ठूला संख्या सडकमा उत्रिएका छन् । कफ्र्यूकै बीच सडक प्रदर्शन असामान्य खालको बनेको छ ।

हसीनाले ढाका छाडेसँगै सेनाको हेड क्यावर्टरमा सत्तारुढ दलका नेताहरु शरण लिन पुगेको सञ्चार माध्यमले बताएका छन् । बताइएअनुसार सेना चीफ जनरल वकार–उज–जमानले सम्बोधन गर्ने तयारी भएको छ ।

आइतबार भएको प्रदर्शनमा १०० जनाभन्दा बढीको मृत्यु भएसँगै सोमबार थप प्रदर्शन आक्रामक बनेको थियो ।

बंगालादेशमा जुलाईदेखि नै आन्दोलन चर्किएको थियो । सरकारी जागिमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरुले आरक्षण व्यवस्था खारेज गर्न माग गरेका छन् ।

आन्दोलनपछि हसिना सरकारले आरक्षणमा केही संशोधन गरेपनि उनीहरुले प्रधानमन्त्री पदबाटै राजीनामा माग गर्दै आन्दोलन चर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट