प्रधानमन्त्री भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी-Sutra News

प्रधानमन्त्री भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।



प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार-उज-जमानले सञ्चार माध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको सञ्चार माध्यमले जनाएको छ ।

बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री हसिनाको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै तीन सयले ज्यान गुमाएका छन् । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट