बङ्गलादेशमा नेपालीको सुरक्षा गर्न मन्त्री राणाको निर्देशन-Sutra News

बङ्गलादेशमा नेपालीको सुरक्षा गर्न मन्त्री राणाको निर्देशन

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय हुन ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।



मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत पछिल्लो अवस्थाबारे जानकारी लिएपछि नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगमा लाग्न निर्देशन दिएकी हुन् ।

ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चित कालीन कर्फ्यु जारी गरिएकाले सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट