अब कसरी चलाउँछ ब‌गलादेशको सत्ता ?-Sutra News

अब कसरी चलाउँछ ब‌गलादेशको सत्ता ?

सोमबार, २१ साउन २०८१

सोमबार, २१ साउन २०८१

काठमाडौं । बंगलादेशमा गत महिनादेखि जारी हिंसा रोकिने संकेत नभएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेकी छन् ।



यसैबीच बंगलादेशका सेना प्रमुख लेफ्टिनेन्ट जनरल वाकर-उज-जमानले सोमबार प्रधानमन्त्री हसिनाले देश छाडेको जानकारी दिएका हुन् । हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गहिरो राजनीतिक संकटमा सेना प्रमुखको भनाइ बाहिर आएको छ ।

उनले अब अन्तरिम सरकारले मात्र देश चलाउने बताए । उनले हसिनाले राजीनामा दिएपछि सेनासँगको छलफलमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित भएको बैठक बसेको बताए ।

उनले मुलुकमा कर्फ्यु वा आपत कालीन अवस्था नरहेको र आज रातिसम्म संकट समाधान हुने आशा लिए । उनले विद्यार्थीहरूलाई शान्त रहेर आ-आफ्नो घर फर्कन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट