शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दाेलनकारीले जिउँदै जलाए-Sutra News

शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दाेलनकारीले जिउँदै जलाए

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडाैं । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेकाे घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसाेरस्थित अवामी लीगका नेताहरू बसेकाे एक हाेटलमा आगाे लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।



होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए।

सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।

आन्दाेलन आक्रामक बनेसँगै साेमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दाेलनकारीले उत्सव मनाएका थिए । साेही क्रममा आन्दाेलनकारीले हाेटलमा आगाे लगाएका हुन् ।

आन्दाेलनकारीले अवामी लिगको कार्यालय र नेताहरूकाे घरमा पनि आक्रमण गरेका थिए ।

३ सय जनाको ज्यान गयाे

बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो।

यद्यपी मृत्यु हुनेको संख्या ३ सय हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन ।

सरकारी अधिकारीहरूले एक सय जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट