काठमाडाैं । नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ३ सय रूपैयाँले बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य यसदिन प्रतितोला २३ सय रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ४७ हजार ७ सय रूपैयाँ कायम भएकाे छ भने तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ४७ हजार रुपैयाँ कायम भएकाे छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य घटेसँगै मंगलबार मंगलबार चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ। मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।
यसअघि साेमबार चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।