काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको निधन भएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ बिसौनाका विष्णु विक र हुकुम विकको घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा चार जनाको निधन भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घटनामा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना विक घाइते भएका हुन् । उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको छ । उनीहरूको उपचार भइरहेको छ ।