काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी किनारका अधिकांश स्थानमा डुबान भएका छन् । वर्षाका कारण नदीमा बाढी आएपछि किनारका अधिकांश स्थान डुबान भएका हुन् ।
ललितपुरको च्यासल, युन एनपार्क काठमाडौंको बल्खु किनारका स्थानमा बाढी पसेको छ । सडकमा आवतजावतमा समस्या भएको छ । यस्तै, भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुरका बस्ती डुबान भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै यी स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ ।