काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहे पनि अहिलेसम्म प्राप्त उपलब्धि कटौती गरिए राम्रो नहुने बताए ।
सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संविधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकीर गर्दै उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
प्रचण्डले सरकार विचौलियाले बनाएको भन्दै आफूलाई सबै थाहा भएको दाबी गरे । यस क्रममा उनले एक दिन आफूले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनु पर्ने बनाउँदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए ।