किन भारी अंकले घट्यो नेप्से ?-Sutra News

किन भारी अंकले घट्यो नेप्से ?

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा भारी गिरावट भएको छ । नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ ।



भारी अंकले नेप्से घटेपनि कारोबार रकमले भने नयाँ किर्तीमानी कायम गरेकाे छ । यस दिन ५ करोड ३८ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ अर्ब ७१ करोड १६ लाख रुपैयाँ बराबरको भयो ।

यस दिन सबैभन्दा बढी फाइनान्स, होटल तथा पर्यटनको सूचक घट्यो ।

फाइनान्स ८.२७ प्रतिशतले घट्दा होटल तथा पर्यटन ८.०३ले घट्यो । यस्तै, बैंकिङ ६.०६ विकास बैंक ५.४३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।

कारोबारमा आएका २४२ कम्पनीमध्ये यस दिन २३३ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मात्रै मूल्य बढ्यो । भारी अंकले नेप्से घटेसँगै दर्जन कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

निरन्तर उकालोमा देखिएको नेप्सेमा भारी अंकले भएको गिरावटले केही लगानीकर्तालाई निराशा बनाएको छ । यद्यपि, यो करेक्सन भएको र यसले थप बजारलाई बलियो बनाउने विश्वास बजार विश्लेषकहरुको देखिन्छ ।

विशेषगरी केही लगानीकर्ता नाफा बुक गर्न उत्साहित हुँदा बजार घटेको हो । यद्यपि, उत्तिकै तहमा लगानीकर्ता पनि भित्रिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट