सरकारले कोहीसँग आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली-Sutra News

सरकारले कोहीसँग आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् ।



मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिशोध साध्न नबनेको बताउँदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्ने सरकारको पहिलो काम भएको बताए ।

उनले भने, ‘तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन, कसैलाई दुःख दिँदैनौँ, दुःख दिने नियती पनि हाम्रो छैन् ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हेरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गरे । ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ, भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ, यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ,’ उनले भने ।

यस्तै, उनले भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन आवश्यक देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट