बंगलादेशको संसद विघटनसँगै अन्तरिम सरकार बन्ने बाटो खुल्यो-Sutra News

बंगलादेशको संसद विघटनसँगै अन्तरिम सरकार बन्ने बाटो खुल्यो

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद शाहबुद्धिनले संसद भंग गरेका छन् ।  ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाहबुद्धिनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् ।



राष्ट्रपति शाहबुद्धिनले तीनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको छलफलपछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडि बढेको छ । अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट