अल्टिमाको ‘अल्टिमा ब्लेज’ सार्वजनिक, लन्च अफरमा १,९९९ रुपैयाँमै किन्न पाइने-Sutra News

अल्टिमाको ‘अल्टिमा ब्लेज’ सार्वजनिक, लन्च अफरमा १,९९९ रुपैयाँमै किन्न पाइने

मंगलबार, २२ साउन २०८१

मंगलबार, २२ साउन २०८१

काठमाडौं । अल्टिमा लाइफ स्टाइलले नेपाली बजारमा नयाँ गेमिङ एयरबड्स ‘अल्टिमा ब्लेज’ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको एयरबड्स अल्टिमाको आफ्नो आधिकारिक वेबसाइटसहित दराज, खल्ती, इसेवा, जेभी, हुकुट, ब्रदरमार्ट, निओसहित रिटेल स्टोरबाट किन्न सकिने कम्पनीले जनाएको छ ।



अल्टिमा ब्लेजको सुरुवाती मूल्य १,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मूल्य निश्चित दिनसम्म मात्रै कायम रहनेछ ।

के छ एयरबड्सकाे विशेषता ?

प्रीमियम क्वालिटीसहितको यो एयर बडमा डुयल टोन इन एयर डिजाइन रहेका कारण लामो समयसम्म आरामदायक तवरबाट प्रयोग गर्न सकिनुका साथै अतिरिक्त सिलिकन इएर टिप्स रहनाले तपाईंले प्रयोग गर्दा छुट्टै आनन्दको महसुस गराउने कम्पनीले जनाएको छ ।

५.३ ब्लुटुथ संस्करणलाई सपोर्ट गर्ने यो गेमिङ एयरबड्समा स्वीफ्ट पेयर टेक्नोलोजी प्रयोग भएको हुनाले १५ मिटरसम्मको दायरामा सपोर्ट गर्नुका साथै एयनड्रोइड, आइफोन र विण्डोजसँग मज्जाले कनेक्ट गर्न सकिने जनाइएको छ ।

६० प्रतिशत भोलुममा प्रयोग गर्दा ४२ घन्टासम्म प्ले टाइम रहेको यो गेमिङ एयरबड्स एकपटक फुल चार्ज गरेपछि सोही रेन्जको भोल्युममा ६ घन्टासम्म बड्स प्ले टाइम रहेको कम्पनीले जनाएको छ भने एकपटको चार्जमा बड्सले ४ घन्टासम्मको टक टाइम रहेको जनाइएको छ ।

३५ मिनेटमा बड्स र २ घन्टामा केश चार्ज हुने यो एयर बड्समा १० वाटको चार्जर प्रयोग सिफारिस गरिएको छ भने फाइभ सि बोस्टमा भने १० मिनेट चार्ज गर्दा १५० मिनेट प्ले टाइमसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

नोइज क्यान्सेलेसनसहित एसीसी र एसबिसी अडियो सपोर्ट गर्ने यो अल्टिमाको अल्टिमा ब्लेजले १३ एमएम डाइनामिक ड्राइभका कारण स्पष्ट अडियो सन्देश प्रवाहित गर्ने कम्पनीले जनाएको छ । प्रत्येक बड्समा २ वटा माइक्रोफोन रहेको यो एयरबड्सले गुगल र सिरि भ्वाइस एसिस्टेन्टलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

इपिएक्स ४ वाटर रेस्टिटेन्ट भएको यो एयर वड्सले गेमिङको मज्जा दिने कम्पनीले जनाएको छ । कम्पनीले यो एयर बड्समा पनि ६ महिनाको वारेन्टी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट